२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार ०९:१६


काठमाडौं । माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बन्नुभएका चन्द्रबहादुर खड्का (उज्वल) पदमुक्त हुनुभएकाे छ ।

खड्काको पद रिक्त भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले  बुधवार सूचना निकालेर जानकारी दिनुभएकाे छ । खड्काले दल परित्याग गरेको भन्दै माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले खड्काको राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न पत्र पठाउनुभएकाे थियाे ।

सांसद खड्कालाई निष्काशन गर्न भन्दै वैशाख १० गते राष्ट्रिय सभा सचिवालयमा पत्र पुगेको थियो । माओवादीको लिखित पत्र पश्चात संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम पद खारेज गरिदिएको पत्रमा उल्लेख छ ।

अर्घाखाँचीमा लोकप्रिय छवि बनाउनुभएका चन्द्रबहादुर एमाले प्रवेश गर्नुभएको थियो । उहाँले पद भन्दा पनि जनताको मनोभावना बुझेर पार्टी त्याग गरि एमालेमा रहने घोषणा गरेको बताउनुभएको थियो । उहाँ एमालेको केन्द्रीय सदस्य मनोनित समेत भइसक्नुभएको छ । खड्का नेकपा एमाले अर्घाखाँचीकाे ईञ्चार्ज पनि बन्नुभएकाे छ ।

माओवादी केन्द्रमार्फत वाग्मतीबाट निर्वाचित रामबहादर थापा (बादल) को पद पनि रिक्त भइसकेको छ ।  बादलकाे पद रिक्त भएकाे ठाउँमा जेठ ६ गते उपचुनाव हुँदैछ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !