४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शिवपुरी जंगलमा डढेलो

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार ११:२२


काठमाडौं । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेरि डढेलो लागेको छ ।

बुधबार दिउँसाेबाट डढेलो सुरु भएको हाे । सल्लाको जंगलमा डढेलो लागिरहेको र नियन्त्रणको प्रयास भइरहेको महानगरीय प्रहरी वृत महाराजगञ्जले जनाएकाे छ । चण्डेश्वरी मन्दिरको बीचमा डढेलाे लागेकाे हाे ।

अहिले स्थानीय, नेपाल प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी र दुई वटा दमकलले डढेलो निभाइहेका । डढेलो लाग्नुकाे कारण नखुलेकाे प्रहरीले जनाएकाे छ ।

यसअघि गत चैत २९ गतेपनी सिवपुरी जंगलमा डढेलाे लागेको थियो । त्यतीबेला हेलिकप्टरबाट पानी ओसारेर डढेलो नियन्त्रणमा लिएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !