४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्व रानी कोमल आइसियूमा भर्ना ज्ञानेन्द्रको स्वास्थ्य सामान्य

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०५:३६


काठमाडौं । स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्व रानी कोमल शाहलाई साधारण वार्डबाट आईसियूमा सारिएको छ ।

कोभिड १९ बाट संक्रमित भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहनुभएकी कोमललाई श्वास प्रश्वासमा समस्या देखिएको छ । यस अघि नै उहाँलाई अक्सिजन दिएर राखिएको थियो ।

‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको छ र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । उहाँको स्वास्थ्य अवस्था स्थिर छ’– नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य छ । ज्ञानेन्द्र ज्ञानेन्द्र पनि कोभिड १९ भएपछि सोही अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको अवस्था सामान्य रहेको तर अक्सिजन दिएर राखिएको अस्पतालले जानकारी दिएको छ ।

छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिन नपरेको अस्पतालले जनाएको छ । उहाँ पनि सोही अस्पतालमा उपचार गराइरहनुभएको छ ।

ज्ञानेन्द्र शाहको परिवार कुम्भ मेलामा सहभागी हुन भारत गएको थियो । फर्किएपछि उहाँहरुमा संक्रमण देखिएको थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !