४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपत्यकाकाे निषेधाज्ञामा के गर्न पाइन्छ, के पाईंदैन ?

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०५:४१


काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि  निषेधाज्ञा लागू भएकाे छ ।

कोभिड-संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा सुरु भएसँगै सडकमा सवारी साधन कम चलेका छन् ।   ट्राफिक प्रहरीले अनुमति नभएका सवारी साधनलाई सडकमै रोकेको छ ।

वैशाख १३ गते बसेको  मन्त्रिपरिषद् बैठकले १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।

त्यसअघि वैशाख १३ मै बसेकाे काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख १६ गते बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे । तर साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले निषेधाज्ञा अवधि बढाउने निर्णय गरेकाे थियाे ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु बन्द हुनेछन् । काठमाडाै‌ प्रशासनले अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन अपिल गरेकाे छ । निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई कडा कारबाही हुनेछ । निषेधाज्ञा अवधिमा खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछ ।

काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द हुनेछन् । बिवाह र ब्रतबन्धकाे हकमा बढीमा १५ जना सहभागी हुनेगरी प्रशासकाे अनुमति लिनुपर्नेछ ।

अत्यावश्यक सेवा दिने बाहेकका सार्वजनिक तथा निजी सवारी साधन पूर्ण रुपमा बन्द हुनेछन् । अत्यावश्यक सेवामा कुरियर तथा डाँक सेवाका यातायात सञ्चालन गर्न पाइने छ । खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खाेल्न पाइने छ ।  डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइनेछ ।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहोरमैला व्यवस्थापन लगायत ढुवानीका साधन चलाउन पाइनेछ ।

बैंक तथा वित्तीय संस्था, बीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीहरूले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवातजावत गर्न दिइनेछ ।

विवाह तथा व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी (दुलाहा दुलहीसहितका) हरूले ब्यानरसहितका दुईवटा सम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्लामा आवतजावत गर्दा अनुमति पास आवश्यक पर्ने छैन । तर साे कामका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिनुपर्ने छ ।

मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्ला जानुपर्दा व्यहोरा खुल्ने कागजातसहित जानुपर्नेछ । विवाह-व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनु पर्ने भए चालकसहित बढीमा सात जनासम्मको लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन पेस गर्नुपर्नेछ  ।

-आइएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !