३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा दर्दनाक अवस्था, २४ घण्टामा ३५ सय बढिकाे ज्यान गयाे

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०५:४६


काठमाडौं । कोभिड १९ बाट भारतमा पछिल्लो २४ घन्टामा तीन हजार पाँच सय ९६ जनाले ज्यान गुमाएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार ज्यान गुमाउनेको यो संख्या दोब्बर हुनसक्छ । किनभने मुख्य अस्पतालहरुमा भएको मृत्युको मात्र संख्या यति हो । त्यसबाहेक कोभिडले अस्पताल नै पुग्न नपाईं ज्यान गुमाउनेको संख्या ठूलो छ ।

कोरोना भाइरसको सुनामी भोगिरहेको भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख चार हजार आठ सय १२ पुगेको छ । कुल एक करोड ८३ लाख ६८ हजार ९६ मानिस कोभिडबाट संक्रमित भइसकेका छन् ।

कोभिड संक्रमणबाट दैनिक ३ लाख ५० हजार भन्दा बढि संक्रमित हुँदैछन् । पछिल्लो २४ घण्टमा मात्र भारतमा कोभिडका ३ लाख ८० हजार संक्रमित थपिएका छन् ।

कोभिड १९ बाट भारतको महाराष्ट्र प्रान्तमा मात्र कुल ६६ हजार १ सय ७९ ले ज्यान गुमाइसकेका छन् । यो प्रान्तमा मुम्बई सहर पर्छ । दोस्रो लहरको कोरोना इपिसेन्टर मानिएको दिल्लीमा ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको छ । कोभिड १९ को सुनामीले भारतमा विध्वंस मच्चाएपछि भारत सरकारले अन्तराष्ट्रिय सहयोग पनि माग्दै आएको छ ।

कोभिडको बिकराल रुप देखेपछि एक भारतीय सञ्चार माध्यमले सरकारलाई उदृत गर्दै लेखेको छ– यही गतिमा कोरोना बढेमा घरघरमा आईसियू र भेन्टिलेटर बनाउनुपर्ने हुन्छ ।

महामारीका कारण ज्यान गुमाउनेको संख्या बढेपछि भारतका मुख्य सहरहरुमा शव जलाउन समस्या भएको छ । शव जलाउने ठाउँ र दाउरा दुवैको अभाव भएको छ ।

उता, अस्पतालहरुमा अक्सिजन अभाव चरममा पुगेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !