यि हुन् उपत्यका सहित निषेधाज्ञा भएका जिल्ला

काठमाडौँ । कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्यो । कोरोना विरुद्ध लड्ने मानव समुदायले पनि रणनीति फेरेको छ ।
गत वर्ष कोरोना महामारी सुरु भएपछि विभिन्न देशले पूरै देशभरी लकडाउन गरेका थिए । पछि त्यो उपाय अव्यवहारिक देखियो । संक्रमण फैलिएको निश्चित ठाउँमा मात्र लकडाउन गर्ने उपाय विभिन्न देशले गरे ।
नेपालले पनि अहिले त्यही उपाय अपनाएको छ । अर्थात्, पूरै देश लकडाउन नगर्ने, निश्चित क्षेत्र मात्र लकडाउन गर्ने ।
सरकारको रणनीति छ– सहरमा पाँच सय र गाउँमा दुईसय जना संक्रमित भेटिए भने लकडाउन गर्ने । अर्थात् निषेधाज्ञा जारी गर्ने ।
यही रणनीति अनुसार बिहीबार बिहानबाट काठमाडौं सहित देशका १६ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी हुने जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, बर्दिया, कैलाली, कञ्चनपुर, बागलुङ, कालीकोट, सुर्खेत, चितवन र पाल्पा छन् ।
यी १६ जिल्लामध्ये १२ जिल्लामा पूर्णतया निषेधाज्ञा छ भने चार जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । पाल्पा, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।
-आइएनए न्युज एजेन्सी