४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साँगा नाकामा कडाइ

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०७:०९


बनेपा । कोभिड–१९ तीव्र गतिमा फैलिरहेका अवस्थामा  संक्रमण रोकथाम र न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ ।

अरनिको राजमार्ग हुँदै काठमाडौंं प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै फकाईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जिल्लाभित्र सबै प्रकारका सवारी साधन चले पनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधनमा प्रहरी जाँच कडाइ गरिएको बताउनुभयो ।

‘हामीले उपत्यका प्रवेश गर्ने सवारीसाधनमा अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन प्रवेश गर्न दिएका छैनौं ।’ उहाँले भन्नुभयो, ‘हिजो यात्रुहरु लिएर गाउँ गएका गाडीहरु फर्किरहेकामा चालक र सहचालक भएकालाई मात्रै प्रवेश गर्न दिएका छाैं ।’

साँगा भएर बुधबार यात्रु लिई गाउँ गएका सवारी साधन उपत्यका प्रवेश गर्नका लागि साँगा नाकामा पुग्ने गरेका छन् ।

त्यसरी गएका सवारी साधनलाई फर्काइएको प्रहरीले जनाएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !