एक महिलाको काेराेना बाट ज्यान गयाे
प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार ०८:३२
धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको ज्यान गएकाे छ ।
अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए राति निधन भएकाे अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिनुभयो ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।
–रासस
0
Shares