३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा एक करोड ८० लाख भन्दा बढी कोभिड संक्रमित

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०८:४४


नयाँ दिल्ली । भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति काेभिड संक्रमित भएका छन् ।

बुधबार एकै दिनमा तीन लाख ७९ हजार दुई सय ५७ जना थप व्यक्तिमा काेभिड संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ  ।

यहाँ संक्रमणको कारण ज्यान गुमाउनेकाे संख्या दुई लाख नाघेको छ ।  गएको २४ घण्टायता तीन हजार ६ सय ४५ जनाको काेभिड संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट ज्यान गुमाउनेकाे संख्या दुई लाख चार हजार आठ सय ३२ पुगेको  सो मन्त्रालयले जनाएको छ ।

एकै दिनमा काेभिडबाट ठूलो संख्यामा ज्यान गुमाउने यस वर्ष शुरु भएयताकै यो सब भन्दा धेरै भएको समाचारमा जनाइएको छ ।  एकै दिन तीन लाखभन्दा बढी काेभिड संक्रमित भेटिएका यो आठौं दिन भएको बताइएको छ । काेभिड महामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।

भारतमा हाल तीस लाख ८४ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड पचास लाख ८६ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि काेभिड विरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म १५ करोड भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । काेभिड महामारी फैलिने क्रम एकातिर चलिरहेको छ, भने अर्कोतर्फ काेभिड विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै काेभिड प्रभावित राज्यका रुपमा रहेको छ । यहाँ  हिजो एकैदिनमा २५ हजार नाै सय ८६ जना थप व्यक्ति काेभिड संक्रमण देखिएको र तीन सय ६८ जनाको ज्यान गएको छ ।

दिल्ली काेभिड सुरु भएदेखि हालसम्म यसको संक्रमणको कारण १५ हजार तीन सय ७७ व्यक्तिले ज्यान गुमाई सकेका छन्।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !