४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सप्तरीका एककाे काेभिडबाट ज्यान गयाे

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०८:५३


सप्तरी । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना  संक्रमणका कारण आज ज्यान गएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय  संक्रमित पुरुषको ज्यान गएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिनुभयो ।

ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा ज्यान गएको जानकारी दिनुहुँदै अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का वडाध्यक्ष श्रीप्रसाद यादवले आजै गाउँमा शव गाडिसकिएको बताउनुभयो ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !