२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिसीएमीद्वारा जनताका गुनासा सम्बोधन गर्न संयन्त्र गठन

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०९:०१


काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले संक्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ ।

सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सिसीएमसीले अनुरोध गरेको छ ।

यसैगरी विदेश जाने र विदेशबाट आउनेले सिसीएमसीको वेबसाइट ccmc.gov.np  रहेको फारम भर्न अनुरोध गरिएको छ । यसरी संक्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो ।

कोभिड संक्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यकामा वैशाख मसान्तसम्म बन्दाबन्दीको घोषणा गरेको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !