२७ माघ २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारी आदेश पूर्ण पालना गराैं-गृह मन्त्रालय

प्रकाशित मिति :  29 April, 2021 12:12 pm


काठमाडौं । सरकारले जारी गरेका जनस्वास्थ्य सम्बन्धी आदेश पालना गर्न गृह मन्त्रालयले अपिल गरेको छ ।

कोभिड–१९ संक्रमण तीब्र गतिमा फैलिएकाले सरकारले जारी गरेका निर्देशन, स्वास्थ्य मापदण्ड र आदेशको पालना गर्न गृह मन्त्रालयले विज्ञप्तिमार्फत अपिल गरेको हो ।

मन्त्रालयका प्रवक्ता नकराज दाहालले बिहीबार निकाल्नुभएको विज्ञप्तिमा कोभिड–१९ दोस्रो लहरको संक्रमण तीब्र गतिमा फैलिएकाले यसको सामना गर्न सरकारको प्रयाससँगै अतिरिक्त अन्य सबै सरोकारवालाको सहयोग एवं सहकार्य पनि त्यत्तिकै जरुरी रहेको उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ –  ‘सरकारद्वारा जारी निर्देशन एवं स्वास्थ्य मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीहरुबाट जारी निषेध आदेशको पूर्ण रुपमा पालना गरी संक्रमण फैलन नदिन सरकारको तर्फबाट गरिएको प्रयासमा सम्बद्ध सबै पक्षबाट पूर्ण सहयोग हुनेछ भन्ने अपेक्षासहित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ ।’

निषेधाज्ञा अवधिमा अत्यावश्यक नभएसम्म घर बाहिर ननिस्कन  र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न समेत गृहले अनुरोध गरेको छ । सकेसम्म यात्रा नगर्न पनि गृहले अनुरोध गरेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !