७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रुसले कोभिड विरुद्धको खोप नेपाललाई तत्काल उपलब्ध गराउने

प्रकाशित मिति :  १७ बैशाख २०७८, शुक्रबार ०५:४७


काठमाडौं । नेपाललाई कोभिड विरुद्धको खोप तत्कालउपलब्ध गराउन रुस सकारात्मकदेखिएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीसँगको भेटमा नेपालकालागि रुसी महासंघका राजदूतअलेक्सेई नोभिकोभले खोप उपलब्ध रुस तयार रहेको बताउनुभएको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको (स्पुतनिकभी)तत्काल उपलब्ध गराउने पहल गरिदिन राजदूतलाई आग्रह गर्नुभएको थियो । जवाफमा राजदूत नेभिकोभ सहितको प्रतिनिधिमण्डलले तत्कालखोप उपलब्ध गराउन प्रक्रिया थाल्ने बताउनुभएको थियो ।

भेटमा अन्यदुई पक्षीय सम्बन्धबारे पनि छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई अझप्रभाकारी बनाउने विषयमा छलफल समेत छलफल भएको बताइएको ।

सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्ड र चीनले दिएको भेरो सेल खोप नेपालमाअहिले लगाउने क्रमचलिरहेको छ । निषेधाज्ञाजारी भएसँगै चीनले दिएको खोप लगाउने काम तत्कालका लागिभने रोकिएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !