६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नारायणीमा तीन संक्रमितको ज्यान गयाे

प्रकाशित मिति :  १७ बैशाख २०७८, शुक्रबार ०६:३२


पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन  कोरोना संक्रमितको उपचारका क्रम्मा ज्यान गएकाे छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा ज्यान गएको हो ।

श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान २ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ बजे ज्यान गएकाे छ भने बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ बजे ज्यान गएकाे नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।

उहाँले नगवा निवासी महिलामा निमोनियालगायत रोगको लक्षण देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गराइएको र उनको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो भने छपकैया निवासी महिलालाई वैशाख १४ गते अस्पताल भर्ना गरी सोही पिसिआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताउनुभयो ।

उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र मधुमेहबाटसमेत ग्रसित रहेका जितपुर सिमरा निवासी पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख १० गते अस्पतालमा भर्ना गरिएको र सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा. दासले जानकारी दिनुभयो ।  यससँगै पर्सामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेकाे संख्या ७३ पुगेको  जिल्ला प्रशासन कार्याल पर्साले जनाएको छ ।

एकैदिन भेटिए एक सय ७५ संक्रमित

दुई अंकमा भेटिदै आएको कोरोना संक्रमितको संख्या पर्सामा तेहरो अंकमा प्रवेश गरेको छ ।  वीरगञ्ज नारायणी अस्पतालको प्रयोगशालामा दुई सय ८८ जनाको स्वाब नमूनालाई परीक्षण गर्दा एक सय ७५ मा संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको स्वाब नमूनाको आज बिहान आएको परीक्षण रिर्पोटमा १० देखि ७२ वर्ष उम्मेर समूहका एक सय ३१ पुरुष र ४४ महिलामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाबाट एक सय ३१, बाराबाट ३४, सर्लाहीबाट पाँच, रौतहटबाट तीन र महोत्तरी तथा दाङबाट एक÷एक सङ्क्रमित भेटिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।

उहाँले भेटिएका संक्रमितको सिटी भ्यालु १४.२ देखि ३५.२ सम्म रहेको छ भने १५ देखि ३५ वर्ष उमेर समूहका संक्रमितको संख्या बढी रहेको बताउनुभयो ।

यससँगै पर्सामा कूल संक्रमितको संख्या चार हजार चार सय ३९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ९२ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !