४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा नेपालीलाई सुरक्षित बस्‍न दूतावासकाे अपिल

प्रकाशित मिति :  १७ बैशाख २०७८, शुक्रबार १०:००


काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई सुरक्षित भएर नआत्तिइ बस्न अपिल गरेकाे छ ।

भारतमा कोरोना भाइरस (कोभिड-१९) काे महासुनामी आएपछि दूतावासले शुक्रबार अपिल जारी गर्दै त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूलाई सुरक्षित भएर बस्न आग्रह गरेको हो । नेपालका लागि भारतीय राजदूत नीलाम्बर आचार्यले अपिल जारी गर्दै साे आग्रह गर्नुभएकाे हाे ।

अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन  र एकआपसमा सहयाेग गर्न भारतमा रहेका सबै नेपालीलाई उहाँले आग्रह गर्नुभएकाे छ । राजदूत आचार्यले धैर्य गर्न नआत्तिन पनि अपिल गर्नुभएकाे छ ।

अपिलमा लेखिएकाे छ – ‘यस विषम परिस्थितिमा भारतमा राेजगार अध्ययन एवं पेशा व्यवसाय गरी बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईलाई धैर्य गर्ने, नआत्तिने, विचलित नभइ शान्त रहने एवं मास्ककाे अनिवार्य प्रयाेग गर्ने, हात नियमिच सफा राख्ने तथा स्यानिटाइजिङ गर्ने, भीडभाडबाट टाढा रहने, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कने, भाैतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउँदै एकआपसमा सहयाेग लिन, सहयाेग दिन तथा एवं आफ्न्तभावलाई जीवन्त राख्न अनुराेध गर्दछु ।’

नेपालले पनि काेभिडकाे महामारी खेपिरहेकाे उल्लेख गर्दै उहाँले काेभिडविरुद्धकाे लडाईंमा दुबै देश एक साथ रहेकाे पनि लेख्नुभएकाे छ । काेभिड राेकथामका लागि भारतमा लकडाउन लगायत प्रतिबन्ध लगाइएकाले कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभएकाे छ । ‘यसबीचमा स्वास्थ्य उपचारकाे शिलशिलामा सहजीकरण गर्न लगायत अन्य सेवाका लागि नेपाली राजदूतावासकाे टेलिफाेन नम्बर ‌+91-1123476200, [email protected] वा +91-8929601925 मा सम्पर्क गर्नुहुन अनुराेध गर्दछु ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !