४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कालीपुलमा होल्डिङ सेन्टर

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ०४:१४


म्याग्दी । म्याग्दी भित्रिने प्रमुख नाका कालीपुल बसपार्कमा शुक्रबारदेखि होल्डीङ सेन्टर सञ्चालन भएको छ । फैलिएको दोस्रो लहरको काभिड रोकथामका लागि विदेश र बाहिरी जिल्लाबाट आउने जाने व्यक्तिहरूका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गरेर कालिपुलको पर्यटक सूचना केन्द्रको भवनमा होल्डिङ सेन्टर तथा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

होल्डिङ सेन्टरमा बाहिरी जिल्ला र विदेशबाट म्याग्दी आउने नागरिकहरुको बिस्तृत विववरणसहितको अभिलेख राख्ने र सम्बन्धित वडाका जनप्रतिनिधीसँग समन्वय गरेर घर पठाउने व्यवस्था मिलाइने छ ।

काेभिड-१९ फैलिएका जिल्ला र शहरबाट आउनेहरू सिधै गाउँमा पुगेर क्वारेन्टिनमा नबसी अन्य नागरिकको सम्पर्कमा जाँदा काेभिड फैलने खतरा देखिएपछि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले होल्डिङ सेन्टर ब्युँताउँने निर्णय गरेको थियो ।

यसअघि गत असोजसम्म बेनीमा होल्डिङ सेन्टर सञ्चालन भएको थियो । होल्डिङ सेन्टरमा म्याग्दीका छ वटै स्थानीय तहका एकएक जना कर्मचारी खटिएका छन् । कालीपुलको चेकपोष्टबाट भित्र्ने सवारी साधनका यात्रुलाई सिधै होल्डिङ सेन्टरमा ल्याएर झारिनेछ ।

चेक पोष्टदेखि होल्डिङ सेन्टरसम्म सवारी साधन र यात्रुलाई ल्याउन सुरक्षाकर्मीले निगरानी गर्ने भएका छन् । शुक्रबार म्याग्दीमा थप ६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहिबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ४८ जना थियो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !