३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिन्धुपाल्चोकका मुख्य बजार बिहान १० बजेसम्म मात्र खुल्ने

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ०६:१४


काठमाडौं । कोभिड–१९ संक्रमण बढेपछि सिन्धुपाल्चोकका मुख्य बजार बिहान १० बजेसम्म मात्र खुल्ने भएका छन् ।

शुक्रबार बसेको जिल्ला विपत् व्यवस्थापन केन्द्र सिन्धुपाल्चोकको बैठकले जिल्लामा बिहान १० बजेसम्म मात्र व्यापार व्यवसाय सञ्चालन गर्न पाइने निर्णय गरेको हो ।

मुख्य बजार चौतारा, खाडीचौर, बाह्रबिसे, मेलम्ची लगायत बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गरी बिहान १० बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । होटल, रेष्टुरा, बार लगायत व्यवसाय ‘टेक अ वे’ सेवा अर्थात होटलमा बसेर खान नपाइने तर लान पाइने गरी सञ्चालन गर्न दिइनेछ ।

जिल्ला सदरमुकाम चौतारामा रहेको नेपाल स्काउटको भवनलाई मर्मत गरी आइसोलेशन सेन्टर सञ्चालन गर्नेे निर्णय बैठकले गरेको छ । जिल्लामा सञ्चालित अस्पतालमा कोभिड वार्ड स्थापनाका लागि सम्झौता गरी सञ्चालन गरिने प्रशासनले जनाएको छ ।

बैठकले जिल्ला प्रवेश गर्ने नाकामा सहायता कक्ष स्थापना गर्ने निर्णय पनि गरेको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । निस्कनै परे अनिवार्य मास्क लगाउन र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न प्रशासनले विज्ञप्तिमार्फत अपिल गरेको छ । मास्क नलगाउनेलाई कानुन अनुसार कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !