४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

डिस्चार्च हुनै लागेका एक संक्रमितले गरे आत्माहत्या

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ०९:३२


काठमाडौं । रुपन्देहीमा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

शनिबार बिहान सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि सैनामैना नगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालमा उनी भर्ना भएको नगर उपप्रमुख बिना रानाले जानकारी दिनुभयो ।

स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा बिहान ४ बजे शौचालय गएका उनले झण्डिएर आत्महत्या गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले बताउनुभयो । ‘स्वास्थ्य अवस्था सामान्य रहेकाले उनलाई डिस्चार्जको तयारी गरिएको थियो’ – हेमराजले भन्नुभयो ।

यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना संक्रमितको पनि ज्यान गएको थियो । अस्पतालमा ९ जना संक्रमित उपचाररत रहेको शाखा प्रमुख हेमरराजको भनाई छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !