४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भरतपुरमा एक संक्रमितकाे ज्यान गयाे

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ११:३०


चितवन । भरतपुर अस्पतालमा उपचाररत बर्दाघाटका कोरोना संक्रमित एक जनाको ज्यान गएकाे छ ।

ज्यान जानेमा बर्दाघाट नगरपालिका–७ का ४१ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका अनुसार फोक्सोसम्बन्धी समस्या भई वैशाख १६ गते अस्पतालमा भर्ना भएका उनको आजै कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज दिउँसो १ बजे ज्यान गएको हो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !