२६ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

२६ जनामा प्रहरीमा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार १२:१७


चौतारा । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीसहित २६ जनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित व्यक्तिहरू धेरैजसो कर्मचारी भएकाले उनीहरू होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्यकर्मीहरु पनि संक्रत भएपछि कोभिड र इमरजेन्सीबाहेक चौतारा अस्पतालका अन्य सेवाहरु आजबाट बन्द गरिएको छ । दोस्रो लहरको काेभिडबाट संक्रमितको संख्या ८२ पुगेको छ ।

हिजो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले चौतारा, बाह्रविसे, खाडीचौर, जलबिरे, मेलम्ची लगायतका प्रमुख बजारका पसलहरु बिहान १० देखि बन्द गर्नाका साथै जिल्ला प्रवेश गर्ने नाकामा हेल्थ डेस्क (स्वास्थ्य जाँच केन्द्र) राख्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य मापदण्ड अपनाउनाका साथै अत्यावश्यक कामबाहेक अनावश्यक रुपमा हिँडडुल नगर्नसमेत सर्वसाधारणलाई अपिल गरेको छ ।

एक संक्रमितकाे ज्यान गयाे

कोभिड–१९ संक्रमणबाट सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–४ कुभिण्डेका ३८ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा ज्यान गएकाे छ ।

काेभिडको दोस्रो लहर फैलिएपछि योसँगै जिल्लामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि सुनकोशी गाउँपालिकाअन्तर्गत खाडीचौरस्थित सिन्धु विकास बैंकमा कार्यरत एक कर्मचारीको केही दिनअघि भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे थियो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !