४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शनिबार मात्र सुदूरपश्चिममा १० संक्रमितले ज्यान गुमाए

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०४:४४


सुदूरपश्चिम । शनिबार १० कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएकाे छ ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको ज्यान गएको छ ।

शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार चार सय १५ को नमूना परीक्षण गर्दा चार सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म एन्टिजेन परीक्षणबाट संक्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट संक्रमण भएकामध्ये ८० जनाको ज्यान  गएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा ५९ संक्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ ।

अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ पाँच जनाको उपचार भइरहेको छ । कोभिड अस्थायी अस्पतालमा बिरामीको चाप बढ्दा सहजरूपमा उपचार व्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना संक्रमण र ज्यान गुमाउनेकाे संख्या उच्च हुँदा सक्रिय बिरामी पनि बढेका छन् ।

प्रदेशमा एक हजार आठ सय ५२ सक्रिय बिरामी पुगेका छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !