३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एकै रातमा चार संक्रमितले ज्यान गुमाए

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०६:१५


.

राँझा । बाँकेका अस्पतालमा भर्ना भएका थप चार संक्रमितको गए राति ज्यान गएकाे छ ।

ज्यान जानेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताउनुभयो ।

उहाँका अनुसार यही वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका–२ बाँके निवासी २० वर्षीय पुरुष र १७ गते भर्ना भएका राजापुर नगरपालिका–२  बर्दिया निवासी २७ वर्षीय युवाको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएकाे हो ।

यसैगरी यही वैशाख १७ गते भर्ना भएकी कोहलपुर नगरपालिका–११ निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा गए राति करीब ८ः०० बजे भेरी अस्पतालमा ज्यान गएकाे थियो ।

खजुरा गाउँपालिका–३ निवासी ५५ वर्षीय पुरुषको पनि गए राति ज्यान गएकाे छ । वैशाख १७ गते गरिएको एन्टिजेन परीक्षणबाट उनलाई कोभिड पुष्टि भएपश्चात् गाउँपालिकाले खजुरामा बनाएको आइसोलेशनमा भर्ना भएका उनको उपचारकै क्रममा ज्यान गएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट एक सय २३ र उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका एक सय १९ जनाको ज्यान गएकाे छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !