२३ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शंकर पाेखरेल नै फेरि मुख्यमन्त्री

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०६:५२


काठमाडौं । लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री शंकर पाेखरेल नै बन्नुहुने भएकाे छ ।

आइतबार बिहान बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले पोखरेललाई फेरि मुख्यमन्त्री बनाउने निर्णय गरेकाे एमाले लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले जानकारी दिनुभयाे । नयाँ सरकारका लागि बाटाे खुला गर्न पाेखरेलले आइतबार बिहान राजीनामा दिनुभएकाे थियाे ।

पहिला प्रदेश सरकार गठन हुँदाको कानुनी परिस्थिति र अहिलेको कानुनी परिस्थिति फरक परेकाले पाेखरेलले राजीनामा दिनुभएकाे थियाे । अब पाेखरेलकै नेतृत्वकाे एमालेकाे बहुमत प्राप्त सरकार बन्नेछ ।

संविधानको धारा १६८ (२) अनुसार गठन भएको सरकारबाट मुख्यमन्त्रीले राजीनामा दिनुभएकाे हाे । अब प्रदेश सभामा स्पष्ट बहुमत भएकाले सरकार गठन गर्न माग गर्ने भन्ने निर्णय पनि संसदीय दलले गरेकाे छ । संविधानको धारा १६८ (१) अनुसार अब एमालेकाे एकल बहुमतको सरकार बन्नेछ ।

लुम्बिनी प्रदेश सभामा कुल ८७ सांसद् छन् । तीमध्ये हाल ८१ सांसद् मात्र छन् । प्रदेश सरकारमा सहभागी भएका जसपाका चार सांसद्लाई उपेन्द्र यादव गुटले गैरकानुनी रुपमा पदमुक्त गर्दा चार सांसद्को पद हाललाई गुमेको छ । त्यस्तै माओवादीका दुई सांसद् पनि कारबाहीमा परिसकेका छन् ।

प्रदेश सभा अब एमालेका ४१, कांग्रेसका १९, माओवादीका १८, जसपाका दुई र जनमोर्चाका एक जना सांसद् छन् ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !