विमला वली एमाले छाडेर माओवादी तिर
प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार ०८:१६
काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद् विमला वलीले नेकपा एमाले छाडेर माओवादीमा लाग्नुभएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको सचिवालयका एक सदस्यले बताए– ‘उहाँ पैसा कमाउने धन्दामा लाग्नुभएको छ भन्ने हामीले बुझेका थियौं, निगरानी पनि गरेका हौं, उहाँलाई माओवादीले किनेको हो ।’
विमला दाङमा उपचुनावबाट निर्वाचित हुनुभएको थियो । उहाँका पति उत्तरकुमारी वलीको सडक दुर्घटनामा निधन भएको थियो । त्यसपछि भएको चुनावमा उहाँलाई उम्मेदवार बनाएर विजयी बनाइएको थियो ।
अहिले बिमला एमालेको सम्पर्कबाट बाहिर हुनुहुन्छ । उहाँलाई माओवादीले अज्ञात ठाउँमा लगेर राखेको बताइएको छ ।
केही बेर अघि विमलाले फेसबुकमा एक हस्तलिखित विज्ञप्ति हाल्नुभएको छ । जसमा माओवादी केन्द्र प्रवेश गरेको लेखिएको छ । विज्ञप्तिको आधिकारिकता पुष्टि हुन सकेको छैन ।
-आइएनए न्युज एजेन्सी
0
Shares