३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीमा ८ संक्रमितले गुमाए ज्यान

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०८:२५


काठमाडाैं । गण्डकी प्रदेशमा थप ८ जना काेभिड-१९ संक्रमितकाे ज्यान गएकाे छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका १-१ जना संक्रमितकाे ज्यान गएकाे हाे । होम आइसोलेशनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत संक्रमितहरुको ज्यान गएकाे हाे ।

कास्कीकाे पाेखरा महानगरपालिका-१६ का७७ वर्षीय पुरुष र ७३ वर्षीय महिला, पाेखरा महानगरपालिका-२६ की ४८ वर्षीय महिला, पाेखरा-१० की महिला र पाेखरा-१९ का ५४ वर्षीय पुरुषकाे ज्यान गएकाे छ ।

पर्वतकाे कुश्मा नगरपालिकाका ७६ वर्षीय पुरुष, दाङकाे राप्ती गाउँपालिका ५ का ४३ वर्षीय पुरुष र रुपन्देहीकाे बुटवल उपमहानगरपालिका-३ का ७५ वर्षीय पुरुषकाे ज्यान गएकाे छ ।

शर्माका अनुसार आइतबार मात्रै १ सय ४५ जना संक्रमित थपिएका छन् ।

-आइएनए न्युज एजेन्सी

0
Shares

प्रतिक्रिया दिनुहोस !