२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनी प्रदेशमा एमालेका एक सांसद्‍‍द्धारा राजीनामा

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ११:०८


काठमाडौं । एकपछि अर्का घटनाले लुम्बिनी प्रदेशको राजनीति अनौठो मोडमा पुगेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले नयाँ सरकार गठनका लागि बाटो खोल्न भन्दै राजीनामा दिएलगत्तै नेकपा एमालेकी सांसद् बिमला वली माओवादीमा प्रवेश गर्नुभएको थियो । बिमला माओवादी बनेपछि जटिल बनेको लुम्बिनीको राजनीति फेरि नयाँ मोडमा पुगेको छ ।

शंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्त भएलगत्तै एमालेका लुम्बिनी प्रदेश सभा सदस्य दूगनारायण पाण्डेले राजीनामा दिनुभएको छ । कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डेले सभामुखसमक्ष राजीनामा पेस गर्नुभएको हो । आजैदेखि लागू हुनेगरी राजीनामा दिएको पाण्डेले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

शंकरलाई हटाएर बहुमत पुर्‍याउनका लागि सांसद्काे राजीनामाकाे नयाँ खेल थालिएकाे हाे । माओवादी बनेपछि बिमलाको सांसद् पद रहँदैन । त्यसपछि प्रदेश सभामा ८० सदस्य रहन्छन् । यो अवस्थामा प्रदेशमा कुनै पनि दलको बहुमत रहने छैन ।

आज बिहानसम्म प्रदेश सभा ८१ सदस्यीय थियो । बिमलाको सांसद् पद खारेज भएपछि पनि बहुमतका लागि ४१ सांसद् नै चाहिन्छ । एमालेसँग बहुमत नभएको र विपक्षमा पनि ४१ नभएकाले लुम्बिनीमा कसैको बहुमत नहुने अवस्था देखिएपछि पाण्डेकाे राजीनामा आएकाे हाे । यसाे हुँदा बहुमत पुग्छ ।

शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न लुम्बिनीमा पहिलेदेखि नै तीब्र चलखेल भइरहेको छ । अविश्वास प्रस्तावदेखि जसपामा चार सांसद्लाई कीर्ते कारबाही गर्दै थालिएको चलखेल आज नयाँ मोडमा पुगेको हो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !