४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आन्तरिक उडान बन्द हुने

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ०६:०१


काठमाडौं । आज रातिदेखि आन्तरिक हवाई उडान बन्द हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि लागू हुनेगरी वैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको उहो ।

कोभिड–१९ संक्रमण तीब्र गतिमा फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि उडान बन्द गर्ने निर्णय भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भएपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने रोक नलगाइने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

-आइएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !