४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड जाेखिमले कारागारमा कैदीबन्दी भेटघाट बन्द

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ०६:२३


दमौली । नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो ।

कारागार प्रशासनले गत वर्ष पनि कोरोना संक्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो । कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्णरू पमा बन्द गरिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

‘हाल कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनीकरणका लागि बाहिरका मान्छेलाई भित्र आउन दिएका छैनौँ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म कारागारभित्र सबै सुरक्षित छन् ।’ उहाँका अनुसार कारागारमा हाल दुई सय ६६ कैदीबन्दी छन् ।

जिल्ला कारागारमा केही समयअगाडि मात्रै नयाँ भवन निर्माण सम्पन्न भएको थियो । नयाँ भवन निर्माण सम्पन्न भएपछि केही हदसम्म कैदीबन्दी राख्न सहज भए पनि समस्या भने उस्तै छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारका कैदीबन्दीलाई विगतदेखि नै समस्या हुँदै आइरहेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !