सेती अस्पतालमा थप चार संक्रमितले ज्यान गुमाए
प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार ०६:२५
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोभिड संक्रमितको ज्यान गएको छ ।
ज्यान जानेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन् । ती पुरुषको आज बिहान साढे एक बजे र महिलाको बिहान साढे चार बजेको समयमा ज्यान गएकाे जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।
त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा अज बिहान पाँच बजेका समयमा ज्यान गएकाे जोशीले जानकारी दिनुभयो ।
सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।
-रासस
0
Shares