२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुदूरपश्चिम प्रदेशमा पौडेल र गण्डकी प्रदेशमा यादवलाई प्रमुख

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार १२:१४


काठमाडौं । मन्त्रिपरिषद्ले दुई प्रदेशका प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रमुख नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले सुदूरपश्चिम प्रदेशमा सीता पौडेललाई र गण्डकी प्रदेशमा गंगाप्रसाद यादवलाई नियुक्त गरेको हो ।

यस अघि गण्डकीमा अमिक शेरचन र सुदूर पश्चिममा शर्मिला त्रिपाठी प्रदेश प्रमुख हुनुहुन्थ्यो ।

सरकारले केही साता अघि दुई नम्बर प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेर डा. राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

अमिक र शर्मिला दुवैजना माओवादी केन्द्रका हुनुहुन्छ । माओवादी केन्द्रको तर्फबाट संवैधानिक पदमा नियुक्त भएकाहरुले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लाग्दै आएको छ । माओवादी केन्द्रको तर्फबाट सभामुख बनेकाहरुले पनि संसदीय मर्यादा विपरित कार्य गरेको आरोप लाग्ने गरेको छ ।

हालै गण्डकी प्रदेशका सभामुखले संसदीय परिपाटी र अभ्याश विपरित निर्लज्ज हर्कत गरेको आरोप लागेको थियो ।

सरकारले सभामुख परिवर्तन गर्न सक्दैन । तर, प्रदेश प्रमुख भने परिवर्तन गरेको हो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !