सांसद्हरुकाे स्वाब संकलन सुरु
प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार ०८:२८
काठमाडौं । सांसदहरुको स्वाबको नमूना संकलन सुरु भएको छ ।
बुधबार संघीय संसद भवनको ल्होत्से हलमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ । सचिवालयले आज र भोलि बिहान १० बजेदेखि ५ बजेसम्म स्वाब संकलन हुने जानकारी दिएको छ ।
सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने छ ।
बिहीबार संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ ।
-आइएनए न्युज एजेन्सी
0
Shares