४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालका ५१ जिल्लामा निषेधाज्ञा

प्रकाशित मिति :  २२ बैशाख २०७८, बुधबार १०:१८


काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्न गृह मन्त्रालयले ५१ जिल्लामा निषेधाज्ञा लागू भएको जनाएको छ ।

मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा जारी गरेको जनाएको हो । ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृहले जनाएको छ । काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय जना संक्रमित भेटिए निषेधाज्ञा जारी गर्ने कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय हो ।

हाल देशका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !