३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फर्किन निर्देशन

प्रकाशित मिति :  २२ बैशाख २०७८, बुधबार १३:३५


काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फर्किन (रिकल टु ड्यूटी)का लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

बुधबार जङ्गी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सो निर्देशन दिएको हो । २०७२ साल भन्दा पछाडि स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका सैनिक स्वास्थ्यकर्मीहरुलाई ‘रिकल टु ड्ूटी’को आगि अपिल गर्न सकिने बताइएको छ ।

तीब्र रुपमा फैलिरहेको कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई ‘जुनसुकै बेला बोलाउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन निर्देशन दिइएको हो ।

यसैबीच तीब्र रुपमा फैलिरहेको कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि विभिन्न योजना तर्जुमा तथा आवश्यक तयारीहरु भइरहेको जानकारी गराइएको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !