३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आयाे रेल्वे अध्यादेश

प्रकाशित मिति :  २२ बैशाख २०७८, बुधबार १३:३७


काठमाडौं । सरकारले रेल्वे अध्यादेश ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश २०७८ जारी गर्नुभएको छ ।

आवश्यक कानुन नहुँदा सरकारले खरिद गरी सञ्चालनको तयारीमा राखेको जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउन सकेको थिएन । अध्यादेश आएसँगै रेल सञ्चालनको बाटो खुलेको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रेलमार्ग सञ्चालनको लागि बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल्वे सञ्चालन सम्बन्धि कानुन मस्यौदा गरेको थियो । सो मस्यौदामा छलफल गरी मन्त्री परिषदले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

यस अघि सञ्चालनमा आई बन्द भएको जनकपुर जयनगर रेल सञ्चालनको लागि सरकारले रेलमार्ग मर्मत गरी दुईवटा नयाँ रेल खरिद गरी सकेको छ । त्यस्तै पूर्व–पश्चिम रेलमार्गको अवधारणा अन्तर्गत रेलमार्ग निर्माणको काम समेत भइरहेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !