३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बढ्दै काेराेना, एकै दिन थपिए आठ हजार ६ सय १६ संक्रमित

प्रकाशित मिति :  २२ बैशाख २०७८, बुधबार १३:४२


काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणको बाढी बढ्दै गएको छ । संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड बन्दै गइरहेको छ ।

गत २४ घण्टामा एकैपटक ८ हजार ६ सय ५९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २० हजार ७ सय ५६ को पीसीआर परीक्षण गर्दा ८ हजार ६ सय ५ जना र ६ सय १६ एन्टिजेन परीक्षण गर्दा ५४ जनामा  संक्रमण पुष्टि भएको हो ।

यो संक्रमण नेपालमा एकैपटक देखिएको अहिलेसम्मकै सर्वाधिक हो । सोमबार ७ हजार ६ सय ६० जना संक्रमित थपिएका थिए । आज सो संख्या बढेको छ । गत २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा ५८ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !