३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेराेनाका बिरामीकाे लागि १४० शय्याकाे उपचार कक्ष सञ्चालन

प्रकाशित मिति :  २३ बैशाख २०७८, बिहीबार ०२:२४


काठमाडाैं । शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना संक्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी एक सय ४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ ।

अस्पताल तयारीका सम्बन्धमा जानकारी लिन मंगलबार साँझ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा नं ३ का अध्यक्ष दीपक केसी अस्पताल पुग्नुभएको थियो । त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले  त्यस किसिमको व्यवस्था गरिएको बताउनुभयो ।

महानगर  प्रमुख शाक्यले कामपाले संस्थागत साझेदारीबाट कोभिड रोकथाम र नियन्त्रणका लागि दिगो र परिणाममुखी काम गर्ने योजनामा रहेको बताउनुभयो । ‘जटिल अवस्थामा पुगेका कोभिडका बिरामीको उपचारका लागि अस्पतालबाट प्राप्त प्रस्तावका बारेमा छिट्टै निर्णय दिनेछौँ’, उहाँले भन्नुभयो ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अस्पतालले अहिले दुई सय ५० शय्या कोभिडका विरामीका लागि छुट्याएको छ ।

यीमध्ये दुई सय १८ बिरामीले उपचार गराइरहेका छन् । अस्पतालमा उपचार गराउन आएका कोभिडका बिरामीमध्ये दुईको ज्यान गएकाे छ  ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !