३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोभिडको समयमा जोखिममा रहेका समूदायलाई विशेष ध्यान देउ- मातृभूमिका लागि नेपाली संगठन

प्रकाशित मिति :  २३ बैशाख २०७८, बिहीबार १५:४९


काठमाडौं । मातृभूमिका लागि नेपाली संगठनले कोभिडको समयमा जोखिममा रहेका समूदायलाई विशेष ध्यान दिन आग्रह गरेको छ ।

संगठनले कोभिडका कारण नेपाली प्रभावित हुने क्रम बढ्दै गएकोले यस्तो बेलामा जोखिममा रहका नागरिकको विशेष ध्यान दिन आग्रह गरेको छ । ‘कोरोना भाइरसबाट  कुनै एक उमेर समूहका नागरिक मात्र होइनन् युवा, जेष्ठ नागरिक, बालबालिका र अपाङ्ता भएका नागरिक समेत सबै प्रभावित भएका छन्’, संगठनको तर्फबाट केन्द्रिय प्रचार प्रसार विभाग प्रमुख सुशील देवकोटाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

यस्तो विषम परिस्थिति र सम्वेदनशील अवस्थामा नागरिकको स्वास्थ्य र जीवन रक्षाको सवालमा नेपाल सरकारलाई हदैसम्म गम्भीर र सम्वेदनशील हुन संगठनले आग्रह गरेको छ । ‘अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, दीर्घरोगी, गर्भवती तथा सुत्केरी महिला, अभिभावकविहीन बालबालिका, मजदुर, सुकुम्बासी, यौनिक तथा लैंगिक अल्पसंख्यक वर्ग र समूदायलाई विशेष ध्यान पु¥याउने दायित्व नेपाल सरकारको भएकोले तत्काल उचित व्यवस्थापनका साथ राहत वितरण गर्न मातृभूमिका लागि नेपाली संगठन नेपाल सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

संक्रमणको बेलामा सुरक्षित रहनको लागि पनि संगठनले नागरिकलाई अनुरोध गरेको छ । अनिवार्य रुपमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबुन–पानीले मिचीमिची हात धुने, भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने कार्य गर्न संगठनको आग्रह छ । त्यस्तै भेटघाट हुँदा हात मिलाउनुको सट्टा सनातन परम्परा अनुसार नमस्कार गर्ने जस्ता तोकिएको मापदण्ड पालना गर्न पनि संगठनले आग्रह गरको छ ।
-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !