३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले म्याग्दीले पार्टीको कार्यालय क्वारेन्टाइन बनाउने

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार ०६:२३


काठमाडौं । कोभिड संक्रमितको उपचार र व्यवस्थापनमा नेकपा एमाले म्याग्दीले सक्रियता देखाएको छ ।

नेकपा एमाले म्याग्दीले कोभिड संक्रमितको लागि आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्न पार्टीको कार्यालय भवन दिने भएको छ । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेखि सो कार्यको लागि पार्टी कार्यालय उपलब्ध गराउने बताउनुभएको छ ।

संक्रमितको उपचारको लागि स्थान अभाव भएमा आइसोलेसन वार्ड वा क्वारेन्टाइन स्थापनाको लागि बेनी नगरपालिका–२ हाँडेभिरमा रहेको पार्टी कार्यालय उपलब्ध गराउन सकिने पत्रमा उल्लेख छ । ‘साथै आवश्यक परेमा पार्टीमा आवद्ध कमरेडहरुको सवारी साधनलाई संक्रमितको उपचार, रोकथाम र नियन्त्रणको लागि उपलब्ध गराउन सकिने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ’, पत्रमा भनिएको छ ।

म्याग्दीमा कोभिडका संक्रमित मध्ये अधिकांश जिल्ला सदरमुकामका भएपछि संक्रमितको व्यवस्थापनमा समस्या हुन लागेको छ । जिल्लामा एक सय १० बढी संक्रमित छन् । ती मध्ये अधिकांश बेनीकै छन् ।

संक्रमण नियन्त्रण तथा रोकथामको लागि बेनीमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको पूर्ण पालना गर्न तथा स्वास्थ्य मापदण्डको पालना गर्न पनि म्यग्दी एमालेले सबैमा आग्रह गरेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !