१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुदृढ र एकतावद्ध एमाले चाहान्छाैं- माधव नेपाल

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार ०७:४४


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरुले सुदृढ र एकतावद्ध एमाले चाहेको बताउनुभएको छ ।

नेता नेपालले सामाजिक सञ्जाल मार्फत सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेको बताउनुभएको छ । ‘किनकी यो हामीले निर्माण गरेको पार्टी हो, यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौँ, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेपालले भन्नुभएको छ ।

नेपालले गत फागुन २८ गते र त्यस पछि बसेका एमाले बैठक र त्यसले गरेका निर्णय फिर्ता लिनु पर्ने माग राख्नु भएको छ । साथै २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्वमा नै पार्टी फर्कनु पर्ने उहाँको अडान छ ।  ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं’ नेपालको आग्रह छ ।

नेकपा एमालेको गत फागुन २८ गतेको बैठकले माओवादी छाडेर नेकपा एमालेमा आएका तत्कालीन नेकपाका केन्द्रीय सदस्यलाई एमाले केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको थियो । सो निर्णय खारेज गर्नुपर्ने लगायतको माग राखि एमालेको माधव गुटले पार्टीमा असहयोग गर्दै आएको छ ।

पार्टी निर्देशन विपरित पार्टीको समानान्तर कमिटी बनाउनेदेखि प्रदेश सभा निर्वाचनमा फ्लो क्रस गर्नेसम्मको काम माधव समूहले गरेको छ । यसैगरी प्रदेश सरकारलाई असफल गराउन नेपाल गुटका प्रदेश सभा सदस्यले राजीनामा समेत गरेका छन् ।
राष्ट्रिय सभा उपनिर्वाचनमा समेत पार्टीलाई असहयोग गर्ने तथा सरकाले लिन लागेको विश्वास मतको प्रस्तावलाई समते असफल बनाउने माधव समूहले रणनीति बनाएको छ ।

तथापि माधव गुटका दोस्रो वरियादाका नेताहरुले केहीदिन यतादेखि पार्टी एकताको लागि विभिन्न खालका भेटघाट र छलफल सुरु गरेका छन् । भेटघाटले संवादको वातावरण बनेको भए पनि निकास भने निस्किएको छैन ।
-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !