३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बादलकाे उम्मेदवारी दर्ता

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार ०७:४८


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

निर्वाचन कार्यालय हेटौंडामा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा बादलले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

यसअघि नेकपा एमाले स्थायी कमिटीको बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

गृहमन्त्री बादललाई वाग्मती प्रदेशकी सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारमा समर्थन गर्नुभएको छ ।

जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको लागि एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले माओवादी–कांग्रेस गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ताको समय आज अपरान्ह चारबजेसम्म छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !