३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिडले सबै भन्दा धेरै ज्यान गुमाउने दस देश

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार ११:०८


काठमाडौं । कोभिड—१९ बाट हालसम्म विश्वमा ३२ लाख ७० हजार भन्दा बढीको ज्यान गएको छ ।

संयुक्त राज्य अमेरिकामा पाँच लाख ९४ हजार ६ जनाको ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउने देशको पहिलो नम्बरमा अमेरिका रहेको छ ।

त्यसैगरी ब्राजिल चार लाख १७ हजार एक सय ७६ जनाको ज्यान गएसँगै दोस्रो स्थानमा छ । भारत दुई लाख ३४ हजार ८३ जनाको ज्यान गएसँगै तेस्रो स्थानमा छ ।

मेक्सिकोमा दुई लाख १८ हजार एक सय ७३ जनाको ज्यान गएको छ । योसँगै मेक्सिको कोभिड–१९ बाट ज्यान गुमाउने देशको सूचिमा चौंथो स्थानमा छ ।

बेलायमा हालसम्म एक लाख २७ हजार पाँच सय ८३ जनाको ज्यान गएको छ । बेलायत कोभिडबाट ज्यान गुमाउने मुलुकको पाँचौं स्थानमा छ ।

इटाली एक लाख २२ हजार दुई सय ६२ जनाको ज्यान गएसँगै छैटौं स्थानमा छ । रुसमा एक लाख १२ हजार दुई सय ४६ जनाको ज्यान गएको छ । यससँगै रुस कोभिडबाट ज्यान गुमाउने देशको सूचिमा सातौं स्थानमा रहेको छ ।

फ्रान्स एक लाख पाँच हजार आठ सय ५० जनाको ज्यान गएसँगै आठौं स्थानमा रहेको छ । त्यसैगरी जर्मनी ८४ हजार आठ सय ११ को ज्यान गएसँगै नवौं स्थानमा रहेको छ । ७८ हजार सात सय २६ जनाको ज्यान गएको स्पेन कोभिड–१९ बाट ज्यान गुमाउनेको सूचिमा दशौं स्थानमा रहेको छ ।

सबै भन्दा पहिला कोभिड–१९ पत्ता लागेको देश चीनमा भने हालसम्म चार हजार ६ सय ३६ जनाको मात्रै ज्यान गएको छ । चीनमा गत जनवरी २६ देखि यता एक जनाको पनि ज्यान गएको छैन ।

हालसम्म चीनमा संक्रमित हुनेको संख्या ९० हजार सात सय ३९ रहेको छ । जसमध्ये ८५ हजार सात सय ९५ जना संक्रमण मुक्त भएका छन् ।

अहिले चीनमा सक्रिय संक्रमितको संख्या जम्मा तीन सय आठ जना रहेको छ । जसमध्ये चार जनाको अवस्था गम्भीर छ ।

चीनमा कोभिड–१९ को नियन्त्रणमा त्यहाँको कडा शासन, नियन्त्रित र अुनशासित नागरिक प्रमुख जिम्मेवार भएको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् । कोभिड नियन्त्रणमा त्यहाँको सरकारले चालेका कदम र उपायहरुलाई पनि नियन्त्रणको कारक मानिएको छ ।

(विश्वस्वास्थ्य संगठन र एजेन्सीहरुको सहयोगमा)

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !