३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुदूरपश्चिम प्रदेशका प्रदेशद्वारा पदभार ग्रहण

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार ११:११


काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रबार आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

आज प्रदेश प्रमुखको कार्यालयमा गई उहाँले पदभार ग्रहण गर्नुभएको कार्यालयका उपसचिव पुष्कर खड्काले जानकारी दिनुभयो ।

कोभिड १९ को संक्रमण फैलिएको तथा मुख्यमन्त्री त्रिलोचन भट्टसमेत मातृ शोकमा रहेकोले आज कुनै औपचारिक कार्यक्रम नगरी कार्यालयका कर्मचारीको उपस्थितिमा यादवले पदभार ग्रहण गर्नुभएको खड्काले बताउनुभयो ।

स्थिति सहज भएपछि मुख्यमन्त्री, प्रदेशका उच्चअधिकारी, सुरक्षानिकाय तथा पत्रकारसमेतको सहभागीतामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रदेश प्रमुखले बताउनु भएको खड्काले जानकारी दिनुभयो ।

यादवलाई सरकारको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले वैशाख २० प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !