३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अध्यादेश मार्फत संवैधानिक नियुक्ति बन्द गर- माधव नेपाल

प्रकाशित मिति :  २५ बैशाख २०७८, शनिबार ०५:०३


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यादेश मार्फत संवैधानिक नियुक्तिको काम बन्द गर्न आग्रह गर्नुभएको छ ।

नेता नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारलाई सो कार्य बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले सरकारलाई कोभिड नियन्त्रणमा क्रियाशिल हुन पनि सुझाव दिनुभएको छ । ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो’, नेपालले भन्नुभएको छ ।

मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने नेपालको धारणा छ । ‘अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु’, नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा हालै संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्नुभएको थियो । प्रधानमन्त्रीले आइतबारको लागि संवैधानिक परिषदको बैठक बोलाउनु भएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !