३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्व स्वास्थ्य संगठनले दियाे भेरोसेल खोपलाई अनुमति 

प्रकाशित मिति :  २५ बैशाख २०७८, शनिबार ०६:२०


काठमाडौें । चीनले उत्पादन गरेको भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।

भेरोसेल चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोडिड विरुद्धको खोप हो  ।

चीन सरकारले नेपाललाई सहयोग स्वारुप उपलब्ध गराएको आठ लाख भेरोसेल खोप नेपालमा लगाइसकिएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुमती अगावै यो खोप नेपाल र चीन सहित विभिन्न देशमा गरी एक करोड ५० लाख मानिसले लगाइसकेका छन् ।

यो खोप युरोप बाहिर भएको अनुसन्धानबाट बनेको विश्व स्वास्थ्य संगठनको अनुमति प्राप्त कोभिडको पहिलो खोप हो । यसअघि विश्व स्वास्थ्य संगठनले फाइजर, आस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइएको थियो ।

चिनियाँ कम्पनीले थोरै मात्रामा उत्पादन गरेकाले सुरुमा यस खोपको विश्वसनीयता माथि प्रश्न उठेका कारण अनुमति दिन ढिलाई भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । खोपको सुरक्षा, प्रभावकारिता र गुणलाई शुक्रबार संगठनले पुष्टि गरेसँगै आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।

विश्व स्वास्थ्य संगठनले भेरोसेल खोप १८ बर्षभन्दा माथिकालाई दुई मात्रा दिन सिफारिस गरिएको छ ।
संगठनले अर्काे चिनियाँ खोप सिनोभ्याक्स र रुसको स्पुतनिक भी को बारेमा पनि अनुसन्धान गरिरहेको र चाँडै नै निर्णय सार्वजनिक गरिने जनाएको छ ।

विश्व स्वास्थ्य संगगठनले भेरोसेल खोपको प्रभावकारिता ७९ प्रतिशतसम्म रहेको समेत जनाएको छ ।

संगठनको अनुमतिसँगै अब विभिन्न देशका स्वास्थ्य निकायले स्वास्थ्य संस्थालाई भेरोसेल खोपको प्रयोग गर्न अनुमति दिन सक्ने छन् । भेरोसेल खोपले अनुमति पाएसँगै विश्वव्यापी रुपमै खोपको उपलब्धता वृद्धि हुने र कोभिड–१९ विरुद्धको लडाईँमा थप बल पुग्ने विश्वास लिएको संगठनले जनाएको छ ।
(विश्व स्वास्थ्य संगठन र एजेन्सीहरुको सहयोगमा)

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !