३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज मन्त्रिपरिषद बैठक बस्दै

प्रकाशित मिति :  २५ बैशाख २०७८, शनिबार ०६:३०


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ ।

सामान्यतया मन्त्रिपरिषद बैठक सोमबार र बिहीबार बस्ने भए पनि आज शनिबार बैठक बस्न लागेको हो । बैठक साँझ ५ बजेको लागि बोलाइएको छ ।

वैशाख २७ गते सरकारले लिन लागेको विश्वासको मत र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले मन्त्रीहरुसँग परामर्श गर्न खोज्नुभएको हुन सक्ने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको विश्वासको मतको लागि वैशाख २७ गते संसदको ‘विशेष अधिवेशन’आह्वान गरिएको छ । विश्वासको मत लिने समय नजिकिएसँगै प्रधानमन्त्रीले पार्टी भित्रको आन्तरिक छलफल र राजनीतिक पार्टी बीच बहुपक्षीय छलफल बढाउनुभएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !