३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पार्टी एकताको लागि समस्या सामाधान गर्नैपर्छ-झपट रावल

प्रकाशित मिति :  २५ बैशाख २०७८, शनिबार ११:१२


काठमाडौं । ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चाहनु भयो भने एमालेको समस्या एक मिनेटमा सामाधान हुन्छ’ यो भनाइ हो नेकपा एमालेका प्रतिनिधि सभा सदस्य झपट रावलको ।

‘पार्टी एकता प्रधानमन्त्रीले चाहनुभएको छैन, उहाँ पार्टीमा हामीलाई देख्न चाहानुहुन्न, हाम्रो माग केही पनि छैन, पूर्ववत अवस्थामा पार्टीलाई लैजाऊँ भन्ने मात्र हो’ – रावलले भन्नुभयो ।

माधव गुटमा खुलेर लाग्नुभएका रावलले प्रधानमन्त्रीले सिँगो पार्टीलाई ध्वस्त बनाउन खोजेको आरोप लगाउनुभयो । ‘उहाँले हामीलाई भोटे ताल्चा लगाएर टाढाबाट पनि नहेर भन्दै हुनुहुन्छ, हामी एकताका साथ अगाडि बढौँ भनेर लागिरहेका छौँ, पार्टी अध्यक्षले ढोका लगाउनु भएको छ, अहिलेको लडाईँ यही हो’ – रावलले भन्नुभयो ।

केही बिचौलियाले गर्दा पार्टी बिग्रिएको आरोप रावलको छ । रावलले भन्नुभयो – ‘मन्त्रीको जागिर खान आएकाले उहाँको साथ छोड्दैनन् भन्ने के छ र ?’

अन्तिम अवस्थासम्म पनि आफूले पार्टी एकताको लागि पहल गर्ने सांसद् रावलको भनाइ छ । ‘२७ गते दिउँसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक छ, १२ः४५ बजेसम्म सहमति गर्ने समय छ, त्यती बेलासम्म पनि हामी प्रयास गर्नेछौँ’– उहाँले भन्नुभयो ।

प्रधामन्त्रीले समस्या समाधान नगरे सामूहिक राजीनामा दिने तहसम्म पुग्नु पर्ने अवस्था आउने रावलले बताउनुभयो । ‘राजीनामा दिएर समस्या सामाधान त हुँदैन, तर हाम्रो अन्तिम विकल्प त्यही हो, हामीलाई सबै ठाउँमा जिम्मेवार विहीन पारेपछि सांसद् पदले पनि के गर्नु’ – उहाँले भन्नुभयो ।

लगातार छलफल र बहस भए नि समाधान निस्कन नसकेको उहाँको भनाइ छ । ‘ अहिले पनि बैठकमा नै छौँ, प्रधानमन्त्रीले चाहनु भयो भने समस्या सामाधान हुन्छ, पार्टी एकताको लागि समस्या सामाधान गर्नैपर्छ’, ’ सांसद् रावलले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !