२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संवैधानिक परिषदको बैठक स्थगित गरियोस् -प्रचण्ड

प्रकाशित मिति :  २५ बैशाख २०७८, शनिबार ११:३०


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख समेतले बैठकमा भाग नलिने निर्णय सार्वजनिक गरिसकेकोले बैठक स्थगित गर्न प्रचण्डले प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । प्रचण्डले शनिबार विज्ञप्ति जारी गरी संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायले प्रधानमन्त्रीले बैठक बोलाएको आरोप लगाउनुभएको छ ।

उहाँले बैठकमा सहभागी नहुन अन्य संवैधानिक परिषद्का सदस्यलाई समेत आग्रह गर्नुभएको छ । ‘लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ’, प्रचण्डले विज्ञप्तिमा लेख्नु भएको छ ।

संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको दुरुपयोग गर्दै आएको प्रचण्डको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको लागि संवैधानिक परिषदको बैठक बोलाउनु भएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !