२६ फाल्गुन २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वासको मतको प्रस्तावलाई असफल बनउने-कांग्रेस

प्रकाशित मिति :  8 May, 2021 12:04 pm


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारले ल्याउन लागेको विश्वासको मतको प्रस्तावलाई असफल बनउने निर्णय गरेको छ ।

शनिबार पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारको विश्वासको मत लिने प्रस्तावलाई असफल गराई कांग्रेस नेतृत्वको सरकार गठनको प्रक्रियालाई अघि बढाउने निर्णय भएको कांग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो । ‘२७ गते हुने विश्वासको मतको प्रस्तावमा नेपाली कांग्रेसले विपक्षमा मतदान गर्ने र सरकारलाई असफल गराउने तथा यसको लागि सबैलाई आग्रह गर्ने निर्णय भएको छ’, खाँडले भन्नुभयो ।

यसैगरी कोभिड नियन्त्रण र व्यवस्थापनमा सरकार असफल भएको भन्दै कांग्रेसले महामारीको व्यवस्थापनको लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको पनि खाँडेले बताउनुभयो । कोभिड संक्रमितको लागि बेड थप्ने, औषधि उपचारको उचित प्रवन्ध गर्ने तथा भ्याक्सिन उपलब्ध गराई देशभरिका नागरिकलाई लगाउन प्रवन्ध गर्न सरकारलाई आग्रह गर्ने कांग्रेस संसदीय दलले निर्णय गरेको उहाँले बताउनुभयो ।

यसैगरी संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धि अध्यादेश संविधानको भावना विपरित रहेको बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । ‘यो अध्यादेश अनुकूलको मिटिङ राख्नु भएको छ, त्यसमा नेपाली कांग्रेस संसदीय दलका नेता सहभागी नहुने र अन्य सदस्यलाई पनि सहभागी नहुन अनुरोध गर्ने निर्णय गरेको छ’, उहाँले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !