३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शिक्षकलाई तत्काल खोप लगाउन नेपाल शिक्षक संघको माग 

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार ०१:२६


काठमाडौं । नेपाल शिक्षक संघ संघीय कार्यसमितिले शिक्षकलाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

संघले (नो स्कुल रिजुम्स् विदाउट भ्याक्सिन) भन्ने नारालाई आत्मसात गर्दै भ्याक्सिन उपलब्ध नभएसम्म विद्यालय नजान समेत शिक्षकलाई आग्रह गरेको छ । संघका अध्यक्ष राजेन्द्र पौडेल र महासचिव सोमनाथ गिरीले आज विज्ञप्ति जारी गर्दै सरकारसँग ६ बुँदे माग राख्नु भएको छ ।

संघले प्रत्येक शिक्षकहरुलाई तत्काल खोपको व्यवस्था गर्न, संक्रमित शिक्षहरुको निशुल्क स्वास्थ्य उपचारको प्रवन्ध गर्न, स्वास्थ्य सुरक्षा बीमाको व्यवस्था गर्न, कोभिड–१९ बाट ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्न माग गरेको छ ।

त्यसैगरी संघले पेन्सन्को अवधी नपुगि कोभिडको कारण ज्यान गुमाएको शिक्षकको अवधी थप गरी परिवारलाई पेन्सन उपलब्ध गराउन पनि माग गरेको छ । यस्तो विषम परिस्थितिमा पनि विद्यालय जानु पर्ने भनि स्थानीय तहले गरेको कडाइ अन्त्य गर्न पनि उसले माग गरेको छ ।

संघले कोभिड–१९ बाट ज्यान गुमाउने शिक्षकको परिवारलाई संघको तर्फबाट तत्काल दश हजार रुपैँया उपलब्ध गराउने जनाएको छ ।

संघले कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिमा विद्यार्थीमा नकारात्मक प्रभाव नपार्नका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी घरमै गएर सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिन पनि संघले शिक्षकहरुलाई विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !