२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारको पक्षमा मतदान गर्न एमालेको ह्वीप

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार १२:५३


काठमाडौं । नेकपा एमालेले भोलि हुने प्रतिनिधि सभा बैठकमा सरकारको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

भोलिको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्रीले लिन लाग्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको हो ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जारी गर्नुभएको ह्वीपमा कोभिड संक्रमणको कारण भौतिक रुपमा संसदीय दलको बैठक राखी छलफल गर्न नसकिएको उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान २०७७ को धारा २४ बमोजिम पार्टी संसदीय दलको नेताको निर्देशन बमोजिम ह्वीप जारी गरिएको मुख्य सचेतवक भट्टराईले जनाउनु भएको छ ।

सरकारले विश्वासको मत लिनको लागि भोलि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ ।
-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !